छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

डिसी नेपाल
२० फागुन २०८२ २२:२०
1.9k
Shares

काठमाडौं। देशका विभिन्न भागमा बितेका २४ घण्टामा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सप्तरी, सर्लाही, कास्की, दाङ, कञ्चनपुर र सिन्धुलीमा भएका दु्र्घटनामा उनीहरूको मृत्यु भएको हो।

अग्निसाइर कृष्णासवरण गाउँपालिका–६ महुली बजारमा स्कुटर र मोटरसाइकल ठोक्किँदा स्कुटर चालक अग्निसाइर कृष्णासवरण गाउँपालिका–१ बस्ने ४० वर्षीय श्याम देव चौधरी र स्कुटरमा सवार उनकी आठ वर्षीया छोरी कृतिकाकुमारी चौधरीको मृत्यु भएको हो।

सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुरस्थित सडकमा ट्याक्टरलाई मोटरसाइकलले ठक्कर दिँदा मोटरसाइकल चालक लालबन्दी नगरपालिका–२ पुनर्वास टोलका २६ वर्षीय साहिल पासवानको मृत्यु भएको हो।

यसैगरी, पोखरा महानगरपालिका–१० औद्योगिक क्षेत्रमो स्कुटरको ठक्करबाट परिचय नखुलेका पैदलयात्रीको ज्यान गएको जनाइएको छ। तुलसीपुर उपमहानगरपालिका–१९ हाडीमेस्थित सडकमा मोटरसाइकल पल्टिँदा तुलसीपुर उपमहानगरपालिका–१९ का २२ वर्षीय दिपेन घर्तीमगरको मृत्यु भएको छ।

कमलामाई नगरपालिका–४ हिरापानी नजिक बसले स्कुटरलाई ठक्कर दिँदा कमलामाई नगरपालिका–६ धुराबाजर बस्ने गोलान्जोर गाउँपालिका–२ बित्तिजोरका ३५ वर्षीय चन्द्र श्रेष्ठको मृत्यु भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.