रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार महेन्द्र यादव बैंकिङ कसुरमा पक्राउ

डिसी नेपाल
२० फागुन २०८२ २२:३६
3.2k
Shares
भैरहवा (रुपन्देही)। रुपन्देही निर्वाचन क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका सिद्धार्थनगर नगरपालिका–७ बस्ने ४८ वर्षीय महेन्द्र यादव बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका यादवलाई आज सिद्धार्थनगर–६ स्थित गल्लामण्डीबाट प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
चितवन जिल्ला अदालतले २०८१ फागुन २५ गते यादवलाई बैंकिङ कसुर मुद्दामा दोषी ठहर गरेको थियो। अदालतले निजलाई ३० लाख रुपैयाँ साँवा र सोहीबमोजिमको जरिवाना तिर्नुपर्ने फैसला सुनाएको थियो। अदालतको फैसलापछि बिगो, जरिवाना र कैद भुक्तान नगरी फरार रहेका यादवलाई उपस्थित गराउन चितवन जिल्ला अदालतले आदेश दिएको थियो।
यादव आँप चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिएका थिए।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.