प्रभावित नेपाली परिवारका लागि आपतकालीन सहयोग अभियान सुरु

डिसी नेपाल
२१ फागुन २०८२ १०:२१
76
Shares

भर्जिनिया (अमेरिका)। अमेरिकाको Fairfax County मा हालै घटेको एक दुःखद हिंसात्मक घटनाले यहाँको नेपाली समुदायलाई गहिरो स्तब्ध बनाएको छ।

उक्त घटनामा नेपाली समुदायकी सदस्य ममता थापासहित परिवारका अन्य दुई सदस्यले उनको आमा र बुबाले ज्यान गुमाएका छन् भने उनका श्रीमान् सन्तोष बस्नेत गम्भीर घाइते भई अस्पतालमा उपचाररत रहेको जनाइएको छ। उद्धार गरिएका उनीहरूका नाबालक छोराको भविष्य भने अहिले अन्योलपूर्ण अवस्थामा रहेको छ।

यस पीडादायी परिस्थितिमा प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउने उद्देश्यले GoFundMe मार्फत आपतकालीन आर्थिक सहयोग अभियान सुरु गरिएको छ।

https://gofund.me/b3d7134f9

यस अभियानबाट संकलित रकम अन्त्येष्टि तथा स्मृति कार्यक्रम, घाइतेको उपचार र पुनर्स्थापना, नाबालक छोराको हेरचाह तथा मनोसामाजिक परामर्श, साथै कानुनी तथा अन्य आपतकालीन आवश्यकताहरूमा खर्च गरिने जनाइएको छ।

यो सहयोग अभियान Non-Resident Nepali Association अन्तर्गतको NRNA NCC Virginia शाखाद्वारा समन्वय गरिएको हो। उक्त संस्था अमेरिकामा दर्ता भएको गैरनाफामूलक संस्थाका रूपमा परिचित छ। अभियानमार्फत संकलित सम्पूर्ण रकम पारदर्शी ढंगले प्रभावित परिवारको प्रत्यक्ष हितका लागि प्रयोग गरिने बताइएको छ।

नेपाली समुदाय तथा मानवताप्रेमी सबैमा सहयोगका लागि हार्दिक अपिल गरिएको छ। आयोजकहरूका अनुसार “तपाईँको सानो सहयोगले पनि पीडित परिवारलाई यो कठिन परिस्थितिबाट पुनः उभिन र जीवनलाई नयाँ दिशा दिन ठूलो सहारा बन्न सक्छ।”

समुदायका सदस्यहरूलाई आफ्नो गच्छेअनुसार आर्थिक सहयोग प्रदान गर्नुका साथै उक्त अभियानलाई आफ्ना साथीभाइ र सामाजिक सञ्जालमार्फत सेयर गरी सहयोगको हात फैलाइदिन अनुरोध गरिएको छ।

मानवता, सहानुभूति र सामुदायिक एकताको भावनासहित गरिएको यस अभियानमा साथ दिने सबैप्रति आयोजकहरूले हार्दिक धन्यवाद व्यक्त गरेका छन्।

अन्य जानकारीको लागि संस्थाका अध्यक्ष अभिजित राई तथा अन्य पदाधिकारीहरूलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 703-678- 3317




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.