झापामा रास्वपाको ‘क्लिन स्विप’

डिसी नेपाल
२४ फागुन २०८२ ४:४२
112
Shares

काठमाडाैं। बालेन शाह विजयी भएको झापा जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘क्लिन स्विप’ गरेको छ।

नेकपा एमाले र नेपाली कांग्रेसको ठूलो प्रभाव रहेको झापाका पाँचवटै निर्वाचन क्षेत्रमा रास्वपा उम्मेदवारहरू अत्यधिक मतान्तरका साथ विजयी भएका छन्।

पछिल्लो मत परिणाम अनुसार झापा-४ मा रास्वपाका शम्भुप्रसाद ढकाल ४३ हजार ६३१ मत प्राप्त गरेर विजयी भएका छन्। उनका निकट प्रतिस्पर्धी एमालेका एलपी साँवा लिम्बूले ११ हजार ९८६ मत मात्र प्राप्त गरेका छन्।

यसअघि झापा-१ मा रास्वपाकी निशा डाँगी ४५ हजार ६८० मत प्राप्त गरेर विजयी भएकी छन्। उनका निकट प्रतिस्पर्धी कांग्रेसका केशवराज पाण्डेले १० हजार ५५० मत प्राप्त गरेका छन्।

झापा-२ मा रास्वपाबाटै निवर्तमान उपसभामुख इन्दिरा राना मगर ६० हजार ११० मतका साथ विजयी भएकी छन्। उनका निकट प्रतिस्पर्धी विघटित प्रतिनिधिसभाका सभामुख तथा नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेले ११ हजार ३६८ मत मात्र प्राप्त गरे।

त्यस्तै, झापा-३ मा रास्वपाका प्रकाश पाठक ३८ हजार ६७४ मतका साथ विजयी भएका छन्। उनका निकट प्रतिस्पर्धी राप्रपाका राजेन्द्र लिङ्देनले १७ हजार २९४ मत प्राप्त गरेका छन्।

झापा-५ मा रास्वपाका वरिष्ठ नेता बालेन शाह ६८ हजार ३४८ मतका साथ विजयी भएका छन्। उनका निकट प्रतिस्पर्धी एमालेका केपी शर्मा ओलीले १८ हजार ७३४ मत मात्र प्राप्त गरे।

अघिल्लो निर्वाचनमा झापाका ५ मध्ये ३ वटा क्षेत्रमा एमाले उम्मेदवार विजयी भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.