मतदातालाई धन्यवाद दिँदै गाउँ-गाउँ पुगे आनन्द
अत्तरिया। प्रतिनिधि सभा निर्वाचनको परिणाम आफ्नो पक्षमा नआए पनि नेपाली कांग्रेसका तर्फबाट कैलाली क्षेत्र नम्बर ४ का उम्मेदवार गोरखबहादुर बिष्ट ‘आनन्द’ मतदाताबीच पुगेर धन्यवाद तथा आभार व्यक्त गरिरहेका छन्।
निर्वाचन सम्पन्न भएपछि बिष्टले गाउँ–टोलमा पुगेर शुभेच्छुक, समर्थक तथा मतदाताहरूसँग भेटघाट गर्दै निराश नहुन आग्रह गरेका छन्। उनले मतदाताको गाउँ टोलमा पुगेर प्रत्यक्ष रूपमा धन्यवाद व्यक्त गर्दै चुनावमा साथ र समर्थन दिएकोमा कृतज्ञता प्रकट गरेका हुन्।
बिष्टले प्रतिनिधि सभा निर्वाचनमा मतदाताहरूले दिएको अमूल्य मत, विश्वास र साथका लागि आफू हृदयदेखि नै आभारी रहेको बताए। उनले सम्भव भएसम्म सम्पूर्ण मतदाताको गाउँ टोलमा पुगेर धन्यवाद व्यक्त गर्ने अवसर पाएको उल्लेख गर्दै मतदाताहरूले देखाएको आत्मीयता, माया र समर्थनले आफूलाई अझै जनताको सेवामा काम गर्न थप प्रेरणा दिएको बताए।
उनले मतदाताले देखाएको विश्वासलाई सधैं सम्मान गर्दै यस क्षेत्रको विकास, समृद्धि र जनताको हितका लागि निरन्तर प्रतिबद्ध रहने विश्वास व्यक्त गरेका छन्।
गाउँ पुगेका आनन्दलाई मतदाताले आफूहरूलाई नछाड्न बताएका छन्। उनीहरूले निर्वाचनमा पराजय भए पनि क्षेत्र नम्बर ४ का जनताको दु:ख सुखमा साथमा रहिरहन बताएका छन्।







डिसी नेपाल







Facebook Comment