उपराष्ट्रपतिद्वारा शोक व्यक्त
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पितृशोकमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।
उपराष्ट्रपति यादवले पूर्वप्रधानमन्त्री ओलीको गुण्डुस्थित निवासमा पुगेर उहाँ तथा शोकाकूल परिवारका अन्य सदस्यहरुमा समवेदना व्यक्त गरेका हुन्।
पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा गत शुक्रबार निधन भएको हो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment