स्रोत नखुलेको रकमसहित चिनियाँ नागरिक पक्राउ
काठमाडौं । ठमेलबाट स्रोत नखुलेको १० लाख नगदसहित प्रहरीले एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ५३ वर्षीय चिनियाँ नागरिक तान जियाङ रहेका छन्। अन्तरदेशीय रकम लेनदेन (हुण्डी कारोबार) गरेको आरोपमा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
चीनको हुवान घर भएका जियाङलाई प्रहरीले १० लाख नगदसहित आइतबार पक्राउ गरेको हो। उनलाई अनुसन्धान र कारबाहीका लागी जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment