पुस्तक जलाएको घटनामा छानबिन गरी दोषीउपर कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

डिसी नेपाल
३ चैत २०८२ १६:१४
36
Shares

काठमाडौं। गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पु-याउने किसिमको घटनामा छानबिन गरी दोषीउपर कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ।

परराष्ट्र मन्त्रालयको पत्रानुसार विस्तृत व्यहोरा संलग्न पत्रबाट अवगत भएको र पत्रमा उल्लेख भएको घटनाका सम्बन्धमा छानबिन गरी दोषीलाई कारबाहीका लागि पठाइएको मन्त्रालयले उल्लेख गरेको छ। मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङको ‘द गभर्नेन्स अफ चाइना’ भन्ने किताब जलाएको विषयमा चीनले परराष्ट्र मन्त्रालयमार्फत ध्यानाकर्षण गराएको थियो।

उक्त घटनाको छानबिन तथा कारबाही गर्न काठमाडौंस्थित जनवादी गणतन्त्र चीनको दूतावासबाट प्राप्त कूटनीतिक पत्रसहित परराष्ट्र मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेको थियो।

सोही पत्रउपर गृह मन्त्रालयले आवश्यक कारबाहीका लागि प्रहरीलाई पत्राचार गरेको हो। सो घटनाका सम्बन्धमा अनुसन्धान गर्न दोषीलाई कानुनी दायरामा ल्याउन मोरङको जिल्ला प्रशासन र प्रहरीलाई गृहमन्त्रालयले निर्देशन दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.