छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
काठमाडौं। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको ज्यान गएको छ।
काठमाडौं महानगरपालिका-११ भोटेबहालस्थित सडकमा कालीमाटीबाट त्रिपुरेश्वरतर्फ जाँदै गरेको प्र.०३-०१-००५ ख ९२९८ नम्बरको बसको ठक्करबाट पैदलयात्रीहरू काठमाडौं टेकु बस्ने भारत उत्तर प्रदेश घर भएका ३८ वर्षीय शतिस कुमार कुस्वाहा र भारत आसाम घर भएका ४५ वर्षीय पदम उपाध्यायको शुक्रबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैगरी काठमाडौंको कीर्तिपुर नगरपालिका-१० स्मृति भवन नजिक सडकमा बा.९९ प ३०९६ नम्बरको मोटरसाइकल र बा.५३ प ४४१४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार बेलुकी दुर्घटना हुँदा बा.९९ प ३०९६ नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका-८ पांगा बस्ने स्याङ्जा घर भएका २७ वर्षीय प्रकाश अवस्थीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका बा. ५३ प ४४१४ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा र बा.९९ प ३०९६ नम्बरको मोटरसाइकलमा सवार १ जनाको पाटन अस्पतालमा उपचार भइरहेको छ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-२ मुसहरी टोलस्थित सडकमा प्रदेश १-०२-००३ ह ८९८ नम्बरको सिटि सफारीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय बुद्दिसेन रिषिदेबको शुक्रबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सुनसरीमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले हाल फरार सिटि सफारी चालकको खोजी गरिरहेको छ।
महोत्तरीको जलेश्वर नगरपालिका-२ खैरा चोकस्थित सडकमा ज.१ प ८७७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार साँझ दुर्घटना हुँदा चालक धनुषा जनकपुरधाम उपमहानगरपालिका-२३ बिन्नी बस्ने ७० वर्षीय सत्यदेव प्रसाद साहको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो।
रूपन्देहीको तिलोत्तमा नगरपालिका-७ सुनयना पथस्थित सडकमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु.२२ प २३९४ नम्बरको स्कुटर अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका-१६ बस्ने ७० वर्षीय तेज बहादुर रानाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन हस्पिटल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएकी स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
हुम्लाको सिमकोट गाउँपालिका-६ हनुमन्ते खोलास्थित सडकमा ग.१ त ७०६७ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार साँझ दुर्घटना हुँदा चालक सोही गाउँपालिका-६ बस्ने २५ वर्षीय नरेन्द्र सुनारको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल हुम्लामा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।







डिसी नेपाल







Facebook Comment