पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण: पूर्वसचिव अधिकारीसहित २१ जनाविरुद्ध मुद्दा दायर
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको भ्रष्टाचार प्रक्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव केदारबहादुर अधिकारीसहित २१ जना र ठेकेदार कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ।
अख्तियारले तत्कालीन सचिव केदारबहादुर अधिकारी, क्यानका तीन जना पूर्वमहानिर्देशकहरू सञ्जीव गौतम, राजन पोखरेल र प्रदीप अधिकारीसहित २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
प्राधिकरणका अन्य वरिष्ठ इन्जिनियरहरू, लेखा अधिकृतहरू र ठेकेदार कम्पनी चाइना सीएमसी इन्जिनियरिङ् कम्पनी लिमिटेड र परामर्शदाता इआरएमसी अ-नोट/स्टेल जेभीका प्रतिनिधिलाई पनि प्रतिवादी बनाइएको छ ।
अख्तियारले करिब ४६ करोड १५ लाख ८४ हजार ४३४ रूपैयाँ बिगो दाबी गरिएको छ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा परामर्श सेवा खरिदमा भ्रष्टाचार गरेको अख्तियारको दाबी छ।







डिसी नेपाल







Facebook Comment