बेमौसमी वर्षाका कारण इँटा उद्योगमा करोडौँको क्षति

डिसी नेपाल
९ चैत २०८२ २०:०१
28
Shares

रुपन्देही। दुई दिनसम्म परेको बैमौसमी वर्षाले रुपन्देहीामा ठुलो परिणाममा काँचो इँटामा क्षति पुगेको छ। शुक्रबार र शनिबार हुरीबताससहितको वर्षाका कारण काँचो इँटा नष्ट भएको लुम्बिनी इँटा व्यवसायी सङ्घका महासचिव बाबुराम पाठकले जानकारी दिए।

“जिल्लामा हाल ३० वटा इँटा उद्योग सञ्चालनमा छन्। पछिल्लो समय कोइला र पेट्रोलियम पदार्थ (डिजेल)मा मूल्यवृद्धि हुँदा उद्योगी मारमा परेका छन्, त्यसैमा वर्षाका कारण करोडौँ इँटामा क्षति हुँदा थप मर्कामा परेका छौँ”, उनले भने।

सङ्घका निवर्तमान अध्यक्ष तथा आरएन ब्रिक्सका सञ्चालक अजयकुमार गुप्ताले रुपन्देहीमा करिब रु तीन करोडभन्दा बढीको काँचो इँटा नष्ट भएको बताउनुभयो। नेपाल इँटा उद्योग महासङ्घका सहकोषाध्यक्षसमेत रहनुभएका उनले पोल्नका लागि तयारी अवस्थामा राखिएका काँचो इँटा वर्षाले नष्ट भएको जानकारी दिए।

काँचो इँटाको बिमाको व्यवस्था नहुँदा उद्योगी–व्यवसायी बर्सेनि मर्कामा पर्ने गरेको गुप्ताले बताए। अन्य उद्योग–व्यवसाय जस्तै सरकारले काँचो इँटाको बिमा गर्ने नीति ल्याउनुपर्ने यहाँका व्यवसायीको माग छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *