लेखकलाई रिहा गर्न माग गर्दै बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

डिसी नेपाल
१५ चैत २०८२ १६:२५
200
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामुक्त माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर भएको छ।  लेखकलाई प्रहरीले हिजो विहान ६ बजे पक्राउ गरेको हो ।

भदौ २३ र भदो २४ गतेको जनेजी घटनामा जाँचबुझ आयोगले कारबाहीको लागि सिफारिश गरेपछि बालेन शाह नेतृत्वको सरकारले उनलाई पक्राउ गरेको हो । उनलाई आज म्याद थपको लागि अदालत उपस्थित गराइएको थियो ।

प्रहरीले १० दिनको समय मागेको छ । यो रिटमा भोलि सुनुवाई हुने तय भएको छ । एमाले अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीपनि पक्राउ परेका छन् । उनकी पत्नी राधिका शाक्यले पनि थुनामुक्त माग गरेर बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी छिन् । उनको पनि रिटमा भोलि सुनुवाई हुने भएको हो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *