स्वास्थ्य बीमा सेवा बेवास्ता गर्ने अस्पताललाई बोर्डले कारबाही गर्ने

डिसी नेपाल
१७ चैत २०८२ ११:१७
72
Shares

काठमाडौं। विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा अन्तर्गतका सेवामा ढिलासुस्ती गर्नुका साथै बिरामीलाई आवश्यक सुविधा दिन आनाकानी गरेको गुनासो बढेपछि स्वास्थ्य बीमा बोर्डले कडाइ गर्ने संकेत दिएको छ।

बोर्डका अनुसार केही सेवा प्रदायक संस्थाले बीमित सेवाग्राहीलाई सहज रूपमा सेवा नदिएको, अनावश्यक झन्झट दिने तथा उपचार प्रक्रियामा अवरोध सिर्जना गर्ने अवस्था देखिएको छ। यस्तो प्रवृत्ति रोक्न सबै स्वास्थ्य संस्थालाई जिम्मेवार बन्न बोर्डले आग्रह गरेको छ।

बीमा सेवा लिन अग्रिम समय लिनुपर्ने बाध्यता, बीमितप्रति विभेदपूर्ण व्यवहार तथा आवश्यक औषधि र सेवामा कमी भएको विषयमा बोर्डको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

स्वास्थ्य बीमा ऐन, २०७४ र स्वास्थ्य बीमा नियमावली, २०७५ विपरीत कुनै पनि गतिविधि नगर्न बोर्डले सचेत गराउँदै अनुगमनलाई थप प्रभावकारी बनाउने तयारी गरेको छ। यदि अनुगमनका क्रममा कुनै स्वास्थ्य संस्थाबाट नियम उल्लङ्घन भएको पुष्टि भएमा कानुनअनुसार कडा कारबाही गरिने बोर्डले जनाएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *