रास्वपा सभापति लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटघाट
काठमाडौं। राष्ट्रिय स्वतन्त्रपार्टी (रास्वपा) सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीबिच करिब एक घण्टा लामो छलफल भएको छ। छलफल लामिछानेको निवासमा सम्पन्न भएको हो।
भेटमा मुख्यतः प्रतिनिधि सभाको उपसभामुख पदका लागि सम्भावित सहकार्य, संसदभित्रको रणनीति तथा आगामी राजनीतिक दिशा विषयमा गहन छलफल भएको बताइएको छ। रास्वपाले सभामुख पदमा डीपी अर्याललाई अघि बढाएर निर्वाचित गरिसकेको अवस्थामा अब उपसभामुख पदमा कसरी अगाडि बढ्ने भन्ने विषय केन्द्रमा रहेको जनाइएको छ।
संविधानअनुसार सभामुख र उपसभामुख फरक दलबाट हुनुपर्ने प्रावधानका कारण रास्वपा प्रतिपक्षसँग सहकार्य गर्न बाध्य देखिएको छ। यही सन्दर्भमा राप्रपासँगको संवादलाई रणनीतिक महत्वका साथ हेरिएको छ।
यो भेटघाटले आगामी दिनमा संसद्को कार्यशैली, शक्ति सन्तुलन र दलहरूबीचको सम्बन्धमा महत्त्वपूर्ण असर पार्न सक्ने देखिएको छ। विशेषगरी उपसभामुख चयन प्रक्रिया नजिकिँदै गर्दा यस्तो प्रकारको संवादले राजनीतिक गतिविधि अझ तीव्र हुने देखिएको छ।







डिसी नेपाल







Facebook Comment