सात वटै प्रदेशकाे स्वीकृत दरबन्दी विवरण ३ दिनभित्र पेस गर्न संघीय मामिला मन्त्रालयले निर्देशन

डिसी नेपाल
२१ चैत २०८२ ७:३१
160
Shares

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (सात वटै प्रदेश) लाई स्वीकृत दरबन्दी विवरण उपलब्ध गराउन निर्देशन दिएको छ।

शुक्रबार सूचना जारी गर्दै मन्त्रालयले देशभरका सात वटै प्रदेश सरकारलाई आफ्ना मातहतका सबै निकायहरूको स्वीकृत दरबन्दी (स्टाफ संरचना) को एकीकृत विवरण ३ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको हो।

मन्त्रालयले सबै प्रदेश अन्तर्गतका कार्यालयहरूको स्वीकृत दरबन्दी संकलन गरी एकमुष्ट रूपमा तयार पारेर मन्त्रालयको इमेल ठेगानामा तीन दिन भित्र उपलब्ध गराउन आग्रह गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *