नयाँ वर्ष २०८३ को अवसरमा एमएनएमएसद्वारा अमेरिकाकोो बाल्टिमोरमा चियापान कार्यक्रम हुँदै

डिसी नेपाल
२३ चैत २०८२ २०:३३
36
Shares

अमेरिका । अमेरिकाको मेरिल्याण्ड राज्यमा बसोवास गर्दै आएका सम्पूर्ण नेपाली स्वास्थ्यकर्मीको छाता संगठन ‘मेरिल्याण्ड नेपाली मेडिकल सोसाइटी (एमएनएमएस)’ले नेपाली नयाँ वर्ष २०८३ को पावन अवसरमा शुभकामना आदानप्रदान एवं भेटघाट कार्यक्रम आयोजना गर्ने भएको छ। आगामी अप्रिल ११, २०२६ शनिबार साझ ५ बजे देखि ९ बजेसम्म बाल्टिमोरस्थित ‘बम्बे नाइट’मा कार्यक्रम आयोजना हुने भएको हो।

सो कार्यक्रममा अमेरिकाका लागि कार्यबाहक नेपाली राजदूत शरदराज आरण, अमेरिकी सिनेटर कार्लस ज्याक्सनलगायत अन्य स्थानीय संघ-संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहने छ। कार्यक्रमलाई अझै रोचक तथा मनोरञ्जनात्मक बनाउन ‘इनास मेरिल्याण्ड’ लगायत अन्य संस्थाका कलाकारले सांस्कृतिक प्रस्तुतिहरू दिनेछन्।

यस संस्थाले मेरिल्याड राज्य भित्र रहेका हजारौं स्वास्थ्यकर्मीलाई एउटै छानामुनी ल्याई एक आपसमा सहयोग र भाइचारा कायम गराउने र विशेष गरि यहाँ स्थापित भैसकेका स्वास्थ्यकर्मीले यस क्षेत्रका नवप्रवेशी स्वाथ्यकर्मी तथा नेपालबाट आएर यस क्षेत्रमा प्रवेश गर्न चाहनेहरूको लागि आवश्यक सहयोग र मार्गदर्शन गर्दै आएको छ। यसको स्थापना २०२५ मा भएको हो।

यस संस्थाले स्थापनाकालदेखि नै विभिन्न संस्थासँग सहकार्य गर्दै नि:शुल्क स्वास्थ्य शिविर, मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना कार्यक्रम गर्दै आइरहेको छ।

आफ्नो घरदेशको सुगन्ध परदेशमा साट्न तथा मेरिल्याण्ड राज्य भरि छरिएर रहेका स्वास्थ्यकर्मीबीच चिनजान बढाएर एक अर्कामा आपसी सहयोग र भातृत्वको भावना विकास होस भनेर यो कार्यक्रम आयोजना गरिएको संस्थाकी संस्थापक अध्यक्ष सुनिता बस्नेत थापाले जानकारी दिएकी छन्।

“स्वस्थ समुदायका लागि एकजुट” भन्ने नाराका साथ आयोजना हुन लागेको यो कार्यक्रममा सहभागी हुनका लागि १२ वर्ष उमेरभन्दा माथिका व्यक्तिका लागि ३५ डलर शुल्क र सो भन्दा कम उमेरका बालबालिकाहरूलाई प्रवेश नि:शुल्क गरिएको सविता बस्नेत दानीले जानकारी दिइन्।

समारोह स्थलमै टिकट लिँदा भने केहि बढी रकम तिर्नु पर्ने छ। आयोजकले सम्पूर्ण नेपाली समुदाय र विशेषगरी स्वास्थ्य क्षेत्रमा आवद्ध व्यक्तित्वहरूलाई उपस्थितिका लागि अनुरोध गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *