कृष्णबहादुर महरालाई धरौटीमा छोड्न विशेष अदालतको आदेश

डिसी नेपाल
१८ जेठ २०८३ १८:५६

काठमाडौं। विशेष अदालतले सुन तस्करी प्रकरणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा पूर्वसभामुख कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य बिदुर कोइरालाको इजलासले भेपभित्र सुन तस्करीमा सघाएको आरोपमा महरासँग एक लाख रुपैयाँ धरौटी माग गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २६ चैत २०८२ मा महरा, उनका छोरा राहुल महरा लगायत २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। उनीहरूमाथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भेपभित्र लुकाएर ल्याइएको सुन तस्करीमा संलग्न रहेको आरोप छ।

अख्तियारका अनुसार भन्सार जाँचमा अनियमितता, बरामद सामानको संरक्षणमा लापरबाही तथा तस्करी समूहसँग अस्वाभाविक सम्पर्क रहेको आधारमा महरा लगायतविरुद्ध मुद्दा चलाइएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *