सानिमा बैंकको खुद नाफा ३८ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा २ अर्ब ८३ करोड नाघ्यो

डिसी नेपाल
११ साउन २०८३ १२:४७

काठमाडौं । सानिमा बैंक लिमिटेडको खुद नाफा तथा वितरणयोग्य नाफामा उल्लेख्य सुधार आएको छ।

बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा ३४.६६ प्रतिशतले बढेर २ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा २ अर्ब १० करोड रुपैयाँभन्दा बढी रहेको थियो।

समीक्षा अवधिमा बैंकको खुद नाफा अघिल्लो वर्षको तुलनामा ३८ प्रतिशतले वृद्धि भई ३ अर्ब ५५ करोड रुपैयाँ नाघेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकले २ अर्ब ५७ करोड रुपैयाँभन्दा बढी खुद नाफा कमाएको थियो।

खराब कर्जा व्यवस्थापनमा सुधार आएसँगै बैंकको इम्पेरमेन्ट चार्ज घट्दा नाफा बढाउन सहयोग पुगेको हो। अघिल्लो वर्ष १ अर्ब ८८ करोड रुपैयाँ रहेको इम्पेरमेन्ट चार्ज घटेर १ अर्ब ७ करोड रुपैयाँमा झरेको छ। यसैगरी बैंकको सञ्चालन नाफा पनि ४४.४४ प्रतिशतले बढेको छ।

वित्तीय विवरण अनुसार बैंकको निष्क्रिय कर्जा (एनपीएल) ३.०१ प्रतिशतबाट घटेर २.८७ प्रतिशतमा सीमित भएको छ। चौथो त्रैमाससम्म बैंकले २ खर्ब ४९ अर्ब ११ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब ९५ अर्ब ८८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

हाल १५ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँ चुक्तापुँजी रहेको सानिमा बैंकको जगेडा कोषमा ९ अर्ब १२ करोड रुपैयाँभन्दा बढी रकम सञ्चित छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) २५ रुपैयाँ ७५ पैसा र प्रतिशेयर नेटवर्थ १८८ रुपैयाँ ४२ पैसा कायम भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *