नेपालमा मोबिलिटी क्षेत्र एफडीआई आकर्षित गर्ने नयाँ माध्यम: ‘नाइमा एक्स्पो’मा नीतिगत स्थिरता र हरित यातायातमा जोड

डिसी नेपाल
२७ साउन २०८३ ८:०८

काठमाडौं। नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को बढ्दो प्रयोगसँगै मोबिलिटी क्षेत्र वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई) भित्र्याउने सम्भावनायुक्त नयाँ क्षेत्रका रूपमा अघि बढेको छ।

यही सम्भावनालाई उजागर गर्दै नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा लगानी, प्रविधि हस्तान्तरण र हरित यातायात प्रणालीबारे घनीभूत छलफल भएको छ।

भृकुटीमण्डपमा सुरु भएको एक्स्पोको पहिलो दिन मंगलबार नै २९ हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् भने ४८ वटा नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरिएका छन्।

उद्घाटन समारोहमा नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले मोबिलिटी क्षेत्र केवल सवारीसाधन बिक्रीमा सीमित नभई लगानी, प्रविधि र रोजगारी सिर्जनासँग जोडिएकाले यसका लागि दीर्घकालीन र पूर्वानुमानयोग्य नीतिको आवश्यकता औँल्याइन्।

एक्स्पोको पहिलो दिन आयोजित विशेष प्यानल छलफलमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. सत्येन्द्र तिमिल्सिना, नबिल बैंकका सीइओ मनोज ज्ञवाली, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठ र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले आ-आफ्नो धारणा राखेका थिए।

वक्ताहरूले प्रचुर जलविद्युत्, ईभीको उच्च माग र जीडीपीमा मोबिलिटी क्षेत्रको करिब ७ प्रतिशत योगदान रहेकाले चार्जिङ पूर्वाधार, एसेम्बली प्लान्ट र ब्याट्री व्यवस्थापनमा विदेशी लगानी भित्र्याउने बलियो आधार तयार भइसकेको स्पष्ट पारेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *