२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९०४ जनालाई कारबाही

डिसी नेपाल
११ भदौ २०८३ ७:२४

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९०४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ४१, सिसिटिभिमार्फत ७८, रातोबत्तीमा ६४ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा १२८, हर्न निषेधमा ३३, लेन क्रसमा ३१, अवस्था ठिक नभएको २६, एकतर्फीमा ३ र अन्यमा ५०० जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *