अस्पतालको भ्यानमा लुकाएर लैजाँदै गरेको ६० किलो गाँजा विराटनगरमा बरामद

डिसी नेपाल
१७ भदौ २०८३ ९:४५

विराटनगर। विराटनगरको सीमावर्ती क्षेत्रबाट प्रहरीले अस्पतालको नाम लेखिएको भ्यानमा लुकाएर लैजाँदै गरेको अवस्थामा ६० किलो गाँजा बरामद गरेको छ।

विराटनगर महानगरपालिका–१६ दरैयास्थित कोलर चोकबाट सशस्त्र प्रहरी बल नेपाल, बीओपी दरैयाबाट खटिएको टोलीले मंगलबार राति गाँजा बरामद गरेको हो।

सशस्त्र प्रहरीका अनुसार राति करिब ११ बजेको समयमा ‘दिव्य ज्योती अस्पताल प्रा.लि.’ लेखिएको को १ च ६६२० नम्बरको सुजुकी भ्यानलाई सुरक्षाकर्मीले शङ्का लागेर रोक्न खोजेका थिए। चेकजाँचका लागि रोक्न खोज्दा भ्यानका चालक भने गाडी छाडेर फरार भएका थिए।

चालक फरार भएपछि सुरक्षाकर्मीले भ्यान खानतलासी गर्दा दुईवटा बोरामा प्याक गरिएको अवस्थामा करिब ६० किलो गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएको गाँजा र भ्यानलाई आवश्यक कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ। फरार चालकको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *