सिरहाको बरियारपट्टीमा भेटियो पुरिएको अवस्थामा सकेट बम
जनकपुरधाम। सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलीमा माटोमा पुरिएको अवस्थामा सकेट बम फेला परेको छ।
स्थानीयवासीले शंकास्पद वस्तु देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। खबर पाउनासाथ इलाका प्रहरी कार्यालय र नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक नरेश लिम्बुले जानकारी दिए।
प्रहरी निरीक्षक लिम्बुका अनुसार फेला परेको वस्तु कुन प्रकृतिको र कति पुरानो बम हो भन्ने विषयमा नेपाली सेनाको डिस्पोजल टोलीले गर्ने प्राविधिक परीक्षण र अनुसन्धानपछि मात्रै यकिन हुनेछ।
हाल उक्त क्षेत्रलाई सुरक्षा निकायले आफ्नो नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment