मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ

डिसी नेपाल
२८ भदौ २०८३ २२:४५

काठमाडौं। प्रहरीले मोटरसाइकल चोरी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ।

प्रहरी वृत्त स्वयम्भूको टोलीले काठमाडौं महानगरपालिका–१५, स्वयम्भू भगवानपाउँबाट यही भदौ ९ गते चोरी भएको मोटरसाइकल खोजतलास गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

पक्राउ पर्नेमा धादिङका उनबहादुर स्याङ्तान र मकवानपुरका दिपेश मोक्तान रहेका छन्। प्रहरीका अनुसार उनीहरूको साथबाट स्वयम्भू बुद्धपार्कबाट चोरी भएको दुईवटा मोटरसाइकल, टी आकारको मास्टर चाबी एक थान तथा मोबाइल फोन दुई थान बरामद गरिएको छ।

पक्राउ परेका दुवै जनाविरुद्ध चोरीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रवक्ता थापाले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *