बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँट: ८६ हजार ३२० जनाले पाए १० कित्ताका दरले सेयर
काठमाडौं। बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) सोमबार बाँडफाँट भएको छ।
सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालयमा आयोजित कार्यक्रममा गोलाप्रथा प्रविधिमार्फत आईपीओ बाँडफाँट गरिएको हो।
कम्पनीले गत भदौ २२ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यका कुल ८ लाख ६३ हजार २०० कित्ता सेयर (८ करोड ६३ लाख २० हजार रुपैयाँ बराबर) निष्कासन गरेको थियो।
यस आईपीओमा कुल २३ लाख ५१ हजार ५६० जना आवेदकले २ करोड ६२ लाख ९१० कित्ताका लागि आवेदन दिएका थिए। प्राप्त आवेदनमध्ये २३ लाख ५ हजार २३३ वटा आवेदन रीतपूर्वक स्वीकृत भएका छन् भने बाँकी आवेदन रद्द (अस्वीकृत) भएका छन्।
मागभन्दा अत्यधिक बढी आवेदन परेकाले गोलाप्रथाबाट गरिएको बाँडफाँट अनुसार कुल ८६ हजार ३२० जना भाग्यशाली आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्।
स्वीकृत भएका आवेदकमध्ये २२ लाख १८ हजारभन्दा बढीको हात खाली भएको छ। सेयर नपरेका आवेदकहरूको रोक्का रहेको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाको खातामार्फत अनफ्रीज (फिर्ता) हुने क्यापिटलले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment