सामाजिक सञ्जालमार्फत चरित्रहत्या र धम्की दिएको आरोपमा मनोज मानव पक्राउ
सिरहा। विभिन्न व्यक्ति, समुदाय तथा राष्ट्रसेवक कर्मचारीविरुद्ध सामाजिक सञ्जालमार्फत आपत्तिजनक, आधारहीन र भ्रामक सामग्री सम्प्रेषण गरी चरित्रहत्या गरेको आरोपमा सिरहाका एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा लहान नगरपालिका-२४ का मनोजकुमार महतो (मनोज मानव) रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय सिरहाको समन्वय र जिल्ला प्रहरी कार्यालय उदयपुरको सहयोगमा उदयपुरस्थित चतरा पुलपारिको एक होटलमा लुकिछिपी बसिरहेको अवस्थामा असोज ४ गते नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार महतोविरुद्ध व्यवसायी, जनप्रतिनिधि, पत्रकार, राजनीतिक दलका नेता, राष्ट्रसेवक कर्मचारी तथा सर्वसाधारणलाई लक्षित गरी अश्लील, अशिष्ट, धम्कीपूर्ण र भ्रामक सामग्री सामाजिक सञ्जालमा पोस्ट गरेर सामाजिक सद्भाव र शान्ति सुरक्षामा खलल पुर्याएको गम्भीर आरोप छ।
साइबर अपराध तथा सार्वजनिक शान्तिविरुद्धको कसुरमा जिल्ला अदालत सिरहाबाट पक्राउ पुर्जी जारी भएपछि फरार रहेका महतोलाई प्रहरीले खोजतलासका क्रममा पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment