६३ जिल्लामा नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न
काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयानुसार आगामी २०८३ असोज १६ देखि १९ गतेसम्म आयोजना हुन गइरहेको १५ औं केन्द्रीय महाधिवेशनअन्तर्गत तेस्रो दिन सोमबार पनि देशभर वडा अधिवेशन प्रक्रिया उत्साहप्रद रूपमा सम्पन्न भएको छ।
अधिवेशनका क्रममा हालसम्म ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, उदयपुर, ओखलढुंगा, झापा, सुनसरी, बारा, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, चितवन, लगायत ६३ जिल्लाका वडा अधिवेशन पूर्ण रूपमा सम्पन्न भइसकेका छन्।
यसैगरी, धनुषा क्षेत्र नं. ४, मोरङ क्षेत्र नं. ६, नवलपरासी क्षेत्र नं. २, सप्तरी क्षेत्र नं. २ र ४, सिरहा, रौतहट क्षेत्र नं. १, सर्लाही क्षेत्र नं. २ तथा अछामका ३ वडा, डडेल्धुराका ४ वडा, रुपन्देहीका ३ वडा र महोत्तरीका ८ वडामा अधिवेशन अन्तिम चरणमा पुगेको पार्टीले जनाएको छ।
धादिङ, नुवाकोट र हालसम्म अधिवेशन सम्पन्न हुन बाँकी रहेका अन्य वडाहरूको अधिवेशन निरन्तर जारी रहने नेपाली कांग्रेसले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment