त्रिपुरेश्वरमा बस आगलागी : विद्युत् र इन्टरनेट सेवा अवरुद्ध हुँदा राहदानी वितरण प्रभावित

डिसी नेपाल
५ असोज २०८३ १७:५५

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि बसमा भएको आगलागीका कारण विद्युत् र इन्टरनेट सेवा अवरुद्ध भई राहदानी छपाइ तथा वितरण कार्य प्रभावित भएको छ।

विभाग अगाडिको सडकमा भएको बस आगलागीका कारण प्राविधिक समस्या उत्पन्न भएपछि राहदानी वितरण सेवा रोकिएको हो। परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले एक सूचना जारी गर्दै प्राविधिक समस्या समाधान हुनासाथ सेवा पुनः नियमित गरिने जनाएको छ।

वितरण कार्यमा बाधा पुगे तापनि राहदानीका लागि आवेदन संकलन गर्ने कार्य भने पूर्ववत् रूपमै सुचारु रहने विभागले स्पष्ट पारेको छ। विभागले आवेदन दिइसकेका सेवाग्राहीहरूलाई धैर्यधारण गरी सहयोग गरिदिनसमेत आग्रह गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *