दुई माओवादी कार्यकर्ता चन्दा असुली गर्दैगर्दा पक्राउ
गोरखा। गोरखाको शहीद लखन गाउँपालिका–१ बक्राङबाट चन्दा असुली गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार रामलक्ष्मण सामुदायिक वनका सचिव रामबहादुर भुजेललाई आफूहरू नेपाल कम्युनिष्ट पार्टी माओवादीका कार्यकर्ता भएको बताउँदै डर, धाकधम्की दिई पार्टीको लेटरप्याडमार्फत चन्दा मागिएको सूचना प्राप्त भएको थियो।
सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय गोरखाबाट प्रहरी सहायक निरीक्षक ईश्वर बाचे मगरको नेतृत्वमा खटिएको टोलीले पालुङटार नगरपालिका–७ च्याङ्लीका ३८ वर्षीय अमृत सापकोटा र मोरङको मिक्लाजुङ गाउँपालिका–९ का ३८ वर्षीय राजकुमार माझीलाई पक्राउ गरेको हो।
उनीहरूको साथबाट २० हजार रुपैयाँ नगद, नेपाल कम्युनिष्ट पार्टी माओवादीको छाप एक थान, रसिद प्याड दुई थान तथा पर्चा–पम्प्लेट ५० थान बरामद गरिएको प्रहरीले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment