हुती विद्रोहीहरूद्वारा साउदी अरबमा अरामकोका तेल संयन्त्रमा आक्रमण
काठमाडौं । रियादस्थित अरामकोको तेल संयन्त्रमा शनिबार आगोको ज्वाला देखियो । बीबीसी न्यूज फारसीले जनाए अनुसार यमनका हुती विद्रोहीहरूले साउदी अरबको राजधानी रियादमा रहेको अरामकोका तेल अखडामा आक्रमण गरेको दाबी गरेका छन्।
समाचार एजेन्सीहरूलाई उद्धृत गर्दै बताइए अनुसार यी आक्रमणहरूमा हुतीहरूले ब्यालिस्टिक मिसाइल र ड्रोनको प्रयोग गरेका थिए।
साउदी अरबका तर्फबाट साना र यमनका अन्य क्षेत्रहरूमा गरिएका आक्रमणहरूको जवाफमा यो आक्रमण गरिएको हुतीहरूले बताएका छन्।
यसअघि एक प्रत्यक्षदर्शीले समाचार एजेन्सी रोयटर्सलाई बताए अनुसार शनिबार बिहानै रियादस्थित अरामकोको तेल अखडानजिक धुवाँ र आगो देखिएको थियो।
साउदी अरबका अधिकारीहरूले हालसम्म अरामकोका तेल अखडामा आक्रमण भएको पुष्टि गरेका छैनन्। उता, अरामकोले पनि यसबारे कुनै प्रतिक्रिया दिएको छैन।
No ads found for this position



डिसी नेपाल
Facebook Comment