एभरेस्ट बैंक र भारतको मेदान्ता अस्पतालबीच सम्झौता: बैंकका ग्राहकलाई उपचारमा १५ प्रतिशतसम्म छुट
काठमाडौं। एभरेस्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई स्वास्थ्य जाँच तथा परीक्षण सेवामा विशेष छुट प्रदान गर्ने उद्देश्यले भारतको नयाँ दिल्लीस्थित प्रतिष्ठित मेदान्ता अस्पताल (द मेडिसिटी) सँग सम्झौता गरेको छ।
सम्झौता अनुसार एभरेस्ट बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूले नयाँ दिल्लीलगायत गुरुग्राम, लखनउ, इन्दौर, राँची र नोएडामा रहेका मेदान्ता अस्पतालका १३ वटा शाखाहरूमा उपचार गराउँदा १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।
यो १५ प्रतिशत छुट अस्पतालको ओपीडी सेवा (डाक्टरको परामर्श, प्रयोगशाला र रेडियोलोजी), आईपीडी सेवा (बेड भाडा, प्रयोगशाला र रेडियोलोजी) तथा मेदान्ताको स्ट्यान्डर्ड प्रिभेन्टिभ हेल्थ प्याकेजमा लागू हुनेछ।
यो सुविधा प्राप्त गर्नका लागि ग्राहकहरूले अस्पतालको बिल भुक्तानी एभरेस्ट बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत गर्नुपर्नेछ। अस्पतालभित्र उपलब्ध सेवाहरूमा मात्र लागू हुने यो विशेष छुटले बैंकका ग्राहकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पुऱ्याउने विश्वास लिइएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment