देश अहिले अध्यारो सुरुङतर्फ धकेलियो : राजेन्द्र लिङदेन

डिसी नेपाल
१८ असोज २०८३ १७:०३

काठमाडौं। राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले देश लिकबाट बाहिर गएको बताएका छन्।

नेपाली काँग्रेसको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले देश अहिले अध्यारो सुरुङतर्फ धकेलिएको भन्दै देशमा संकट बढेको र देश लिकबाट बाहिर गएको बताएका हुन्। उनले पहिला विचार नमिल्दा गोलि हानियो भने अहिले फरक मत राख्दा सामाजिक संजाल आउने बताउदै व्यक्ति फेरिए पनि देशको परिस्थिति नफेरिएको टिप्पणी गरे।

देशको राजनीतिमा व्यक्तिमा मात्र समस्या नरहेको भन्दै उनले व्यवस्था र संबिधानमा समस्या रहेको बताए। उनले अहिले पनि व्यक्तिमा समस्या रहेको कुरा अहिलेको ६ महिनाले देखिएको बताए। देशमा नविन समझदारीको खाँचो रहेको बताउदै अध्यक्ष लिङदेनले राजादेखि राजनीतिक दल र नया पुस्तालाई एक ठाउमा राखेर देशलाई निकास दिनुपर्ने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *