कांग्रेस महाधिवेशन: सानेपामा उपसभापति र महामन्त्रीको मतगणना जारी, कसको मत कति ?

डिसी नेपाल
२५ असोज २०८३ ६:४९
236
Shares

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारी तथा केन्द्रीय सदस्य पदको मतगणना सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी रहेको छ। हाल उपसभापति र महामन्त्री पदका उम्मेदवारहरूको मतगणना भइरहेको छ।

केन्द्रीय निर्वाचन समितिका अनुसार १ हजार २२९ मत गणना सम्पन्न हुँदा विभिन्न पदका उम्मेदवारहरूले प्राप्त गरेको मत परिणाम निम्न बमोजिम रहेको छ:

उपसभापति (खुला – २ पद)

जारी मतगणनामा खुला उपसभापतितर्फ डा. चन्द्रकान्त भण्डारीले सबैभन्दा बढी ६४३ मत प्राप्त गरी अग्रता कायम राखेका छन्।

  • डा. चन्द्रकान्त भण्डारी: ६४३

  • ई. मधु आचार्य: ३६२

  • गोविन्द भट्टराई: ३०८

  • सुरेन्द्रराज पाण्डे: ३०५

  • दीपक गिरी: २४८

  • धनराज गुरुङ: २२३

  • प्रा. डा. चन्द्र मोहन यादव: १२९

उपसभापति (समावेशी – १ पद)

  • बिनोद कुमार चौधरी: ३५७

  • जीवन परियार: ३००

  • फरमुल्लाह मंसुर: १७७

  • सीता गुरुङ: १५७

  • रञ्जित कर्ण: १००

महामन्त्री (खुला – २ पद)

महामन्त्री खुलातर्फ प्रदीप पौडेल ७२३ मतका साथ अग्रस्थानमा रहेका छन्।

  • प्रदीप पौडेल: ७२३

  • अमरसिंह पुन मगर: ४५५

  • उदयशमशेर राणा: ४१२

  • डा. सुनिलकुमार शर्मा: ३०९

  • गुरुराज घिमिरे: १७८

  • नैनसिंह महर: १३५

  • शंकर तिवारी: १९

  • डा. सन्तोष उपाध्याय: १७

महामन्त्री (महिला – १ पद)

  • डा. डिला संग्रौला (पन्त): ५३६

  • महालक्ष्मी उपाध्याय (डिना): ५१३

  • रीता खनाल: १४७

अन्य पद तथा केन्द्रीय सदस्यहरूको मतगणना कार्य पनि क्रमशः जारी रहने निर्वाचन समितिले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *