पूर्वसांसद एवं नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन
काठमाडौं। पूर्वसांसद तथा नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ। उनको कीर्तिपुर अस्पतालमा उपचारका लागि लैजाने क्रममा निधन भएको हो।
कीर्तिपुर अस्पतालका कार्यकारी निर्देशक डा. किरण नकर्मीका अनुसार पौडेललाई अस्पतालको आकस्मिक कक्षमा ल्याइपुर्याउँदा नै चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए।
लामो समय नेकपा (एमाले)को राजनीतिमा सक्रिय रहेका पौडेल एमाले विभाजनपछि माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा आबद्ध भएका थिए।
पछि एकीकृत समाजवादी र तत्कालीन माओवादी केन्द्रबीच एकता प्रक्रिया अघि बढेपछि त्यसमा असहमति जनाउँदै उनी नेकपा संयुक्तमा क्रियाशील भएका थिए। राजनीतिक गतिविधिका साथै उनले जनता टिभीसमेत सञ्चालन गर्दै आएका थिए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment