२४ घण्टामा देशभर सवारी दुर्घटनामा ९ को मृत्यु, १७३ जना घाइते
काठमाडौं। पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ भने १७३ जना घाइते भएका छन्।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा बागमती र सुदूरपश्चिम प्रदेशमा ३-३ जनाको मृत्यु भएको छ भने मधेश, कोशी र लुम्बिनी प्रदेश एक जनाको मृत्यु भएको छ।
त्यस्तै देशभर भएका दुर्घटनामा १७३ जना घाइते भएका छन्। जस अनुसार मधेश प्रदेशमा ६२ जना घाइते भएका छन् भने कोशीमा ३३ जना, काठमाडौँ उपत्यकामा १५ जना, सुदूरपश्चिममा १० जना, बागमतीमा १० जना घाइते भएका छन् भने लुम्बिनीमा २९ जना, कर्णालीमा १० जना र गण्डकीमा ४ जना घाइते भएका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment