सभामुख पद दुई महिनादेखि रिक्त, नयाँ सभामुख चयन कहिले ?

डिसी नेपाल
२२ मंसिर २०७६ ७:४०

काठमाडौं। राज्यको पाँचांै वरीयताक्रममा रहेको सभामुख पद विगत दुई महिनादेखि रिक्त रहे पनि त्यस विषयमा राजनीतिक दलले छलफल गरेका छैनन्।

तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि यौन दुव्र्यवहारको आरोप लागेपछि उनले राजीनामा दिएका थिए। सभामुख पद विगत दुई महिनादेखि खाली छ। नयाँ सभामुख को बन्ने भन्ने विषय चर्चाको विषय भए पनि राजनीति दलले चासो दिएका छैनन्।

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्दा उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिएर मन्त्री बन्न आग्रह गरेका थिए। जवाफमा उपसभामुख तुम्बाहाम्फेले आफू राजीनामा दिन तयार रहेको तर, राजीनामा दिइसकेपछि आउने प्राविधिक जटिलताका विषयमा जानकारी गराएपछि प्रधानमन्त्री ‘कन्भिन्स’ भएका थिए।

संवैधानिक व्यवस्था अनुसार सभामुख र उपसभामुख फरक दल र फरक लिंगको हुनुपर्छ। अहिले उपसभामुख नेकपाबाट छिन्। उपसभामुखले राजीनामा नदिए नेकपाले सभामुख पद पाउँदैन। नेकपाले सभामुख आफूसँगै राख्न चाहेको छ। त्यसका लागि वर्तमान उपसभामुखले राजीनामा दिनुपर्ने हुन्छ।

यसअघि सभामुख पूर्व माओवादीबाट बनेका कारण अब बन्ने सभामुख पनि पूर्व माओवादीबाटै हुनुपर्ने पूर्वमाओवादी पक्षको अडान रहेपछि प्रधानमन्त्री केपी ओलीले भने पूर्व सभामुख सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेका छन्। नेम्वाङको नाममा प्रचण्डको पनि सहमति छ। तर उनीमाथि पूर्व माओवादी पक्षबाटै सभामुख बनाउनुपर्ने दवाब छ।

सभामुख कसलाई बनाउने बन्ने विषयमा विभिन्न अड्कल बाजी भएपनि यो विषयमा पार्टीभित्र छलफल नभएको नेताहरुले बताउने गरेका छन्।
यसअघि सभामुख पूर्व माओवादीबाट बनेका कारण अब बन्ने सभामुख पनि पूर्व माओवादीबाटै हुनुपर्ने पूर्वमाओवादी पक्षको अडान रहेपछि प्रधानमन्त्री केपी ओलीले भने पूर्व सभामुख सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेका छन्। नेम्वाङको नाममा प्रचण्डको पनि सहमति छ। तर उनीमाथि पूर्व माओवादी पक्षबाटै सभामुख बनाउनुपर्ने दवाब छ।

यद्यपी प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाइसकेपछि ओलीले नेम्वाङलाई सभामुख बनाउँदा पूर्वमाओवादी पक्षले धेरै विरोध नगर्ने पूर्व एमालेका एक नेताले बताए। ‘सभामुख कसलाई बनाउने भन्ने विषयमा पार्टीभित्र अहिलेसम्म छलफल भएको छैन,’ नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले डिसी नेपालसँग भने, ‘पार्टीमा छलफल भएपछि मात्रै यो विषयमा भनौंला।’

सभामुख नहुँदा कास्कीमा भएको उपनिर्वाचनमा निर्वाचन सांसद विद्या भट्टराईको शपथ समेत प्रभावित भएको छ। निर्वाचित सांसदलाई सभामुखले शपथ गराउने प्रावधान छ। उपनिर्वाचन लतत्तै सभामुखको टुंगो लगाउने बताएको नेकपाले प्रधानमन्त्री ओली अस्वस्थ भएपछि यो विषयमा कुनै गरेको छैन।

यो बीचमा कार्यकारी अध्यक्षको हैसियत पाएका अध्यक्ष प्रचण्डले सचिवालयको बैठक बोलाएपनि सभामुख कसलाई बनाउने भन्ने विषयमा कुनै छलफल भएन। प्रचण्डले केन्द्रीय समिति र स्थायी कमिटीको बैठक बोलाउने तयारी गरेका छन्।

तर प्रचण्ड एक्लैले यो विषयमा निर्णय गर्न सक्ने अवस्था देखिँदैन। प्रधानमन्त्री ओली आफूलाई सहयोग गर्न सक्ने र आफू निकटलाई सभामुख बनाउन चाहँछन्।

सभामुख चयनका लागि सरकारले संसद्को अधिवेशन आह्वान गर्ने तयारी गरेको छ। सरकारले संसद् अधिवेशन बोलाउन आवश्यक ठानेर राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि राष्ट्रपतिले संसद् बोलाउने संवैधानिक व्यवस्था छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *