सिन्धुपाल्चोक बस दुर्घटनामा परी ज्यान गुमाउने १५ जनाकै सनाखत

डिसी नेपाल
३० मंसिर २०७६ ८:०९

काठमाडौं । सिन्धुपाल्चोकदेखि दोलखाको कालिञ्चोक तीर्थ यात्रा गएर फर्केको बस दुर्घटनामा मृत्यु भएका १५ मध्ये सबैको सनाखत भएको छ।

दुर्घटनामा दोलखा, भीमेश्वर नगरपालिका–९ की ४२ वर्षीया लक्ष्मी श्रेष्ठ, दोलखा, शैलुङ्गेश्वरी गाउँपालिका फस्कुका १० वर्षीय रञ्जित बस्नेत रामेछाप, उमाकुण्ड गाउँपालिका–४ प्रीतिका २४ वर्षीय महेश तामाङ, रामेछाप सुनापाटी–६ की ४२ वर्षीया जुना तामाङ, काभ्रे बेथानचोक–५ का ३५ वर्षीय रामशरण खत्री र उनकी श्रीमती ३५ वर्षीया मैयाँ, सिन्धुपाल्चोक, लिसंखुपाखर गाउँपालिका–४ की ५५ वर्षीया गङ्गामाया तामाङ, जुगल गाउँपालिका–७ याङ्लकोटकी सात वर्षीया सबिना तामाङ, सोही ठाउँकी ३० वर्षीया रेश्मा तामाङ, १५ महिनाकी रोशनी तामाङ, २८ वर्षीया मञ्जु तामाङ, २८ वर्षीय सुकबहादुर तामाङ, बलेफी गाउँपालिका–५ चिम्लिङकी ३७ वर्षीया फूलमाया तामाङ र भक्तपुर, सूर्यविनायक–८ की ३२ वर्षीया चिनु बस्नेत तथा रामेछापको उमाकुण्ड गाउँपालिका–४ का २४ वर्षका महेश तामाङको पहिचान खुलेको हो । उनको केएमसी सिनामङ्गलमा उपचारकै क्रममा ज्यान गएको हो।

घटनामा १६ जना घाइते भएका छन् । सुनकोशी गाउँपालिका– ७ लामोसाँघु जिरी सडक खण्डको छ किलोमा करीब १०० मिटर तल ब्रेक फेल भएर सो वा ४ ख ४४६८ को रिजर्भ बस दुर्घटनामा परेको थियो ।

भक्तपुरबाट शनिबार रिजर्भमा गएको सो बसमा चालकसहित ३२ यात्रु रहेकामा चालक भने फरार रहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *