सङ्घर्ष समिति र प्रेस काउन्सिलबीच वार्ता सुरु

डिसी नेपाल
३ पुष २०७६ ८:५४

काठमाडौँ । पत्रपत्रिका वर्गीकरणमा पूर्वाग्रह र अनियमिता भएको जनाउँदै प्रेस काउन्सिल नेपालविरुद्ध आन्दोलनमा उत्रिएको नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखासहितको सङ्घर्ष समिति र काउन्सिलका पदाधिकारीबीच वार्ता शुरु भएको छ।

सङ्घर्ष समितिले गत मङ्सिर २७ गते सञ्चारग्रामस्थित काउन्सिलको कार्यालयमा धर्ना दिई कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गरेपछि काउन्सिलले बुधबार आफूहरुलाई वार्तामा बोलाएको र पहिलो चरणमा आफ्ना कुरा राखिएको महासङ्घ काठमाडौँ शाखाका अध्यक्ष शन्तराम बिडारीले जानकारी दिए।

वार्तामा काउन्सिलका तर्फबाट सदस्य चेतनाथ धमला र मुख्य अधिकृत झविन्द्र भुसाल तथा सङ्घर्ष समितिका संयोजक दीपक पाण्डे, अध्यक्ष बिडारी, महासङ्घ ललितपुर र भक्तपुरका अध्यक्षद्वय क्रमशः ज्ञानप्रसाद पौडेल र पुष्कर बुढाथोकी सहभागी थिए।

दुवै पक्ष पत्रकारिता क्षेत्र र काउन्सिलको मर्यादामा आँच नपुर्याउने गरी क्रियाकपाल र संवाद गर्न प्रतिबद्ध भएका छन् भने काउन्सिलको आज बस्ने सञ्चालक समितिको बैठकमा सङ्घर्ष समितिको मागअनुसार वर्गीकरणमाथि छानबिन समिति गठन गर्नेबारे छलफल हुने बताइएको छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *