सभामुख सापकोटाविरुद्धको मुद्दाकाे सुनुवाई आज
काठमाडाैं। सर्वोच्च अदालतमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दामा साेमबार सुनुवाइ नसकिएकाले हेर्दाहेर्दैमा मङ्गलबार सुनुवाइ हुने भएको छ।
न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा सुनुवाइ शुरु भएको थियो। सुनुवाइ नसकिएको हुँदा हेर्दाहेर्दैमा राखिएको हो। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्नताको आरोप लागेका सापकोटालाई सभामुखमा नियुक्त नगर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।
न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा आइतबार पेशी तोकिएको भएपनि सापकोटाविरुद्धको अर्को मुद्दामा सर्वोच्च अदालतमा न्यायाधीश नहुँदै बहस गरेको हुनाले हेर्न नमिल्ने सूचीमा राखिएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment