राष्ट्रियसभा बैठक : कोरोना भाइरसदेखि आस्था राउतसम्मका विषय

डिसी नेपाल
१४ माघ २०७६ १४:१३

काठमाडौं। राष्ट्रियसभको विशेष समयमा बोल्ने सदस्यहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

मंगलबारको बैठकमा बोल्दै राष्ट्रियसभा सदस्य बलराम बास्कोटाले विदेशबाट आउने तरकारीमा रोकिएको जाँच प्रकृया सुरु गर्न सरकारको ध्यानाकर्षण गराए।

विषाधियुक्त तरकारी खान बाध्य हुनुपरेको भन्दै उनले विदेशबाट आउने तरकारी रोकिएको जाँच प्रक्रिया सुरु गर्न सरकारको ध्यानाकर्षण गराए।

उनले कृषिको व्यवसायीकरण, बजारीकरण र शहकारीकरण तथा युवाहरुलाई कृषिमा परिचालन गर्ने विषयमा भएको प्रगति जानकारी गराउन पनि कृषि मन्त्रालयको ध्यानाकर्षण गराए।

राष्ट्रियसभा सदस्य प्रकाश पन्थले चीन लगायत दर्जनौ मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिन सुरु भएकाले पूर्व तयारीका लागि सरकारले काम सुरु गर्नेतर्फ सरकारका ध्यानाकर्षण गराए।

नेपालमा अहिलेसम्म २ जनामा यसको संक्रमण देखिएको उल्लेख गर्दै पन्थले चीनमा अध्ययनरत नेपाली विद्यार्थी र विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्तिहरुलाई सुरक्षित नेपाल फर्काउने कुरामा गम्भिरतापूर्वक लाग्न सरकारर्लाइ आग्रह गरे।

नेपालमा भ्रमणवर्ष चालिरहेको अवस्थामा विश्व समुदायलाई नेपाल सुरक्षित छ भन्ने विश्वास दिलाउने गरी काम गर्न अग्रह गर्दै उनले कोरोनाको संक्रमण थप फैलिन नदिन प्रभाकारी उपाय अपनाउन आग्रह गरे।

उनले उखु किसानहरुसँग सरकारले सम्झौता गरेपनि अझैसम्म उनीहरुको भूक्तानी दिन नसकेको प्रति पनि सरकारको ध्यानाकर्षण गराए। सीमा सुरक्षा र विवाद समाधानका विषयमा पनि उनले सरकार गम्भिर हुन नसकेको आरोप लगाए।

सरकारले आफ्नो कार्यकालमा काम भन्दा पनि काण्डहरु बढी विश्वास गरेको भन्दै ऐन नै बनाएर सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए। पन्थले प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यंग्य समेत गरे।

सदन कराउँदै जान्छ सरकार पिना सुकाउँदै जान्छ भन्ने उखान संशोधन गर्न उनले प्रधानमन्त्रीलाई व्यंग्य गरेका हुन्। विश्वविद्यालय र संवैधानिक आयोगहरुमा पदाधिकारी नियुक्त गर्न नसकेको तर्फ पनि उनले सरकारको ध्यानाकर्षण गराए।
अर्का सदस्य कमला ओलीले महिलाहरुको सशक्तिकरणका लागि पुरुष सरह महिलाहरुलाई पनि विकाशका काममा सहभागी गराउन आग्रह गरिन्। पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा पनि महिलाहरुको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले विराटनगर जुटमिलमा भएको मजदुर आनलदोलनमा समेत महिलाहरुको भूीमका अग्रपंतीमा रहेको स्मरण गराइन् ।

राष्ट्रियसभा सदस्य कोमल वलीले आस्था राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रशासनले दिएको अनुमति गलत भएको बताइन्।

अनुसन्धानका आधारमा थुन्ने अधिकार भएपनि भागेर जाने अवस्था, बाहिर राख्दा प्रमाण नष्ट हुने अवस्था, गम्भिर खालको अपराध गरेको र तीन वर्ष भन्दा बढी कैद हुने अवस्थामा मात्रै थुनामा राख्न सक्ने भन्दै उनले राउतको मुद्धामा यस्तो अवस्था नभएपनि थुनामा राख्नु गलत भएको बताइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *