सिटी एक्सप्रेस मनी ट्रान्सफरको ‘हरेक कारोबारमा आकर्षक उपहार’
काठमाडौं। सिटी एक्सप्रेस मनी ट्रान्सफर र साउदी अरबको बैंक अल बिलाद –एन्जाजको संयुक्त सहकार्यमा साउदीमा रहेका नेपाली उपभोक्तालाई विभिन्न उपहारको योजना सार्वजनिक गरेको छ।
यो योजना एन्जाज च्यानल र बैंक अल्बिलादको इ–च्यानल –अल्बिलाद मोबाइल एप , अल्बिलाद नेट, अल्बिलाद एटिएम, एन्जाज सेल्फ –सर्भिस मेसिन, एनजाज पिओएस, एन्जाज सेन्टर) मा उपलब्ध छ।
सो योजना अन्तर्गत ६ जना भाग्यशाली बिजेताहरुले निशुल्क हवाई टिकट (विश्वको जुन सुकै ठाउँ ), २४ जनाले ५ ग्राम सुन का सिक्का , ४५ जना ले सिटी म्याक्स को सपिङ भाउचर र अन्य आर्कषक पुरस्कारहरु जित्न सक्नेछन्।
यो योजना ३ महिनाको लागि (जनवरी ३० देखि अप्रिल ३०) सम्म लागू हुनेछ। सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ बर्ष देखि विश्व भरी आफ्नो रेमिटान्स सुविधा दिँदै आइरहेको छ। एन्जाज र सिटी एक्सप्रेसबीच २०१७ देखि कारोवार सुचारु हुँदै आइरहेको हो।







डिसी नेपाल








Facebook Comment