बेपत्ता बालिका खोलामा मृत फेला

डिसी नेपाल
१७ असार २०८३ २३:००

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी एक बालिका खोलामा मृत फेला परेकी छिन्।

लम्कीचुहा नगरपालिका–४ अम्मरपुरकी ६ वर्षीया मनिषा विक आज स्थानीय रोरा खोलाको किनारमा मृत भेटिएकी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।

मनिषा लम्कीचुहा नगरपालिका–२ स्थित जनचेतना माध्यमिक विद्यालयको शिशु कक्षामा अध्ययनरत थिइन्। अभिभावकले उनलाई मङ्गलबार बिहान विद्यालय पुर्‍याएका थिए। तर, त्यसपछि उनी सम्पर्कमा नआएपछि खोजी गर्न थालिएको थियो।

इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक जयबहादुर चन्द नेतृत्वको टोलीले मनिषालाई रोरा खोला किनारमा मृत फेला पारेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *