आज यस्तो छ बजारमा सुन चाँदीको भाउ

डिसी नेपाल
२० माघ २०७६ ११:३३

काठमाडौं । आज साताको दोस्रो दिन सोमबार सुनको भाउ स्थिर रहेको छ ।

आज छापावाल सुन प्रतितोला ७६ हजार ५ सय तथा तेजावी सुन प्रतितोला ७६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत शुक्रबार छापावाल सुन प्रतितोला ७६ हजार तथा तेजावी सुन प्रतितोला ७५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

आज सुनको भाउ स्थिर रहेपनि चाँदीको भाउ भने घटेको छ । आज चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार चाँदी प्रतितोला ८ सय ९५ सय रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.