मलेसियास्थित नेपाली राजदूतावासले भन्यो : मलेसिया आउन पैसा लाग्दैन
काठमाडौं। मलेसियास्थित नेपाली राजदूतावासले मलेसिया आउन नेपाली श्रमिकलाई कुनै पनि खर्च नलाग्ने जनाएको छ। बुधबार सूचना जारी गर्दै दूतावासले मलेसिया आउनका लागि कुनै पनि खर्च नलाग्ने जनाएको हो।
मलेसियाबाट आएको मागपत्र प्रमाणित गरी वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणालीमा अपलोड हुने र त्यसको जानकारी सबै इजाजत प्राप्त नेपाली संस्थालाई स्वतः जाने भएकाले मागपत्र प्रमाणीकरण सम्बन्धि नक्कली कागजात बनाई रकम असुल्ने काम भइरहेको प्रति ध्यानाकर्षण भएको दूतावासले जनाएको छ।
दूतावासबाट प्रमाणीकरण भएको मागपत्र प्राप्त गर्न पैसा तिर्न नपर्ने पनि जानकारी सूचनामा गराइएको छ। नक्कली कागजातबाट टाढै रहन पनि दूतावासले सुझाव दिएको छ। दूतावासले सूचना जारी गर्दै कहिँ कतैबाट माग पत्र प्राप्त गर्नका लागि पैसा लिएको पाएमा दूतावासलाई जानकारी गराउन पनि अनुरोध गरेको छ।
दूतावासबाट जारी सूचनामा मलेसियामा भएका कामहरु प्रमाणीकरण गरेर दुतावासको वेभसाइटमा राखेको हुँदा नक्कली कागजातबाट हुने ठगीबाट बच्न पनि आग्रह गरिएको छ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment