एकाबिहानै सुदूरपश्चिममा दुई पटक भूकम्पको धक्का
बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा आज बिहान दुईपटक भूकम्पको धक्का महसुस गरिएको छ।
भूकम्प मापन केन्द्र सुर्खेतले आज बिहान ५ बजेर १५ मिनेटमा बझाङ केन्द्रबिन्दु बनाएर ३.७ र ६ बजेर ४६ मिनेटमा भारतको उत्तराखण्ड प्रदेशको चमौली आसपासमा ५.३ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ।
भूकम्पको धक्काको महसुस बैतडी, बझाङ, अछामलगायतका जिल्लामा गरिएको जनाइएको छ।
केन्द्रका प्राविधिक सहायक (टेक्निकल असिष्टेन्ट) चन्दा शाहका अनुसार भूकम्पबाट कुनै पनि क्षति भएको छैन।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment