‘छ माया छपक्कै २’ फूलपातीमा प्रदर्शन हुने

डिसी नेपाल
३ असोज २०८३ १५:०९

काठमाडौं। दीपकराज गिरी र दीपाश्री निरौला समूहको नयाँ फिल्म ‘छ माया छपक्कै २’ दसैँको फूलपाती अर्थात् असोज ३१ गतेदेखि प्रदर्शनमा आउने भएको छ।

शनिबार सार्वजनिक गरिएको पहिलो पोस्टरमा दीपकराज गिरी, केकी अधिकारी र सनिशा भट्टराई देखिएका छन्। पोस्टरमा केकी र सनिशालाई गर्भवती अवस्थामा प्रस्तुत गरिएको छ भने दीपकलाई कृष्णको शैलीमा बाँसुरी बजाइरहेको देखाइएको छ।

दीपेन्द्र लामाको निर्देशन तथा दीपकराज गिरीको लेखन रहेको फिल्ममा निर्मल शर्मा, कर्मा शाक्य, जितु नेपाल, रिहान गिरी र रवीन्द्र झासहितका कलाकारको अभिनय छ। रोहित अधिकारी निर्माता रहेको फिल्ममा दीपक–दीपा समूहसँग उनको यो दोस्रो सहकार्य हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *