ठमेलमा हर्कुलस बस्नेतको कन्सर्ट
काठमाडौं । चर्चित गायक तथा संगीतकार हर्कुलस बस्नेत र उनकाे ब्यान्ड शुक्रबार काठमाडौंको ठमेलमा गुञ्जिने भएकाे छ।
ठमेलस्थित टर्टल लाउन्ज एन्ड क्लबमा उनको विशेष सांगीतिक प्रस्तुति आयोजना हुने भएकाे हाे।
कार्यक्रममा हर्कुलसले आफ्ना चर्चित गीतमार्फत दर्शक तथा श्रोतामाझ सांगीतिक माहोल सिर्जना गर्नेछन्।
‘तिमी आयौं नयनको मजेरीमा’, ‘बोलिरहे एकान्तमा तिम्रो तस्वीरलाई हेरेर’ आदि उनका चर्चित गीतहरू हुन्। टर्टल लाउन्ज एन्ड क्लबका सञ्चालक आयुष ठाकुरीका अनुसार कन्सर्ट संगीतप्रेमीका लागि विशेष अनुभव बनाउने उद्देश्य राखिएको छ।
‘हर्कुलस बस्नेतका गीतले धेरै संगीतप्रेमीको मन जितेका छन्। ठमेलको रमाइलो वातावरणमा उहाँको प्रत्यक्ष प्रस्तुति हेर्न र सुन्न पाउनु दर्शकका लागि विशेष अनुभव हुनेछ। हामी शुक्रबारको साँझलाई संगीत, मनोरञ्जन र यादगार क्षणले भरिपूर्ण बनाउन चाहन्छौँ,` ठकुरीले भने।
टर्टलले यसअघि पनि विभिन्न सांगीतिक कार्यक्रममार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्दै आएको छ। शुक्रबारको कार्यक्रमले ठमेलको रात्रिकालीन मनोरञ्जनमा थप सांगीतिक रौनक थप्ने अपेक्षा गरिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment