‘लोक दोहोरी स्टार सिजन २’ असोज ४ गतेदेखि एपीवान टेलिभिजनमा प्रसारण हुने
काठमाडौं। नेपाली लोकदोहोरीको मौलिकता, संस्कृति र नयाँ प्रतिभाहरूलाई एउटै मञ्चमा जोड्ने उद्देश्यका साथ तयार पारिएको सांगीतिक कार्यक्रम ‘लोक दोहोरी स्टार सिजन २’ आगामी असोज ४ गतेदेखि टेलिभिजनमा प्रसारण हुने भएको छ।
एभेन्टोज स्टुडियोको आयोजनामा सञ्चालन हुन लागेको यो कार्यक्रम हरेक साताको आइतबार र सोमबार राति ८ बजेदेखि एपीवान एचडी टेलिभिजनबाट प्रसारण हुनेछ। यसका साथै दर्शकहरूले एभेन्टोज डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत पनि कार्यक्रम अवलोकन गर्न सक्नेछन्।
‘लोक दोहोरी स्टार सिजन २’ को निर्णायक मण्डलमा लोकदोहोरी क्षेत्रका दिग्गज कलाकारहरू कोमल ओली, राजु परियार र चन्द्र शर्मा रहेका छन्।
कार्यक्रमका आयोजक यादवबहादुर थापाले नयाँ पुस्ताका प्रतिभाशाली गायक-गायिकाहरूलाई राष्ट्रियस्तरको प्रतिस्पर्धी मञ्च प्रदान गर्दै नेपाली लोकदोहोरीको मर्म र मौलिकतालाई थप प्रवर्द्धन गर्ने मुख्य लक्ष्य राखिएको जानकारी दिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment