जुगल गाउँपािलका गुम्बामा फैलिएको रुघाखोकीका बिरामी सुधारोन्मुख

डिसी नेपाल
२ फागुन २०७६ ७:१४

चाैतारा। सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ को गुम्बा गाउँमा केही दिनदेखि फैलिएको मौसमी रुघाखोकीका बिरामीहरु निको हुँदै गएकाले हालको अवस्था सुधारोन्मुख रहेको छ। बुधबार दिनभरिमा एक सयभन्दा बढी बिरामी आएकामा त्यसको तुलनामा बिहीबार २४/२५ जना मात्र आएको र उनीहरु पनि सामान्य रहेकाले आत्तिनुपर्ने अवस्था नभएको उपचारमा संलग्न डा पिताम्बर खनालले जानकारी दिए।

एकापसमा घर जोडिएको बाक्लो बस्ती रहेको सो गाउँका प्रायः सबैलाई रोग सरेको पाइएकाले त्यसबाट सतर्क रहन माक्स लगाउन र साबुन पानीले हात धुनसमेत सचेत गराइएको डा खनालले बताए। त्यहाँस्थित विद्यालयसमेत बिहीबारदेखि बन्द गरिएको छ। दुर्गम गाउँ भएकाले पालिकाले बिहीबारदेखि औषधिसहितको चिकित्सक टोली प्रभावित क्षेत्रमा गएर उपचार गरिरहेको छ।

प्रभावित क्षेत्रमा पुगेका वाग्मती प्रदेशस्तरीय जनस्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मीले २५ जना विरामीको नमुना सङ्कलन गरी फर्किसकेका छन्। सङ्कलित नमुना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरेपछि मात्र रोगको यकिन पहिचान हुने भएकाले चाँडै नै नतिजा आउने जिल्ला जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाइँले बताए। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *