महरा प्रकरणको सुनुवाई सकियो, फैसला भोलि

डिसी नेपाल
४ फागुन २०७६ १७:४५

काठमाडौं। संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार उद्योगमा पुर्पक्षका लागि जेलमा रहेका पूर्व सभामुख कृष्णबहादुर महराको मुद्दामा आइतबार सुनुवाइ सकिएको छ।

जिल्ला अदालत काठमडौंमा आइतबार महराका पक्षका कानुन व्यवसायी र सरकारी वकलीका तर्फका कानुन व्यवसायीको बहस सकिएको छ।

तर, समय सकिएपछि सो मुद्दा हेर्दा हेर्दैमा राखिएको छ। स्रोतका अनुसार भोली (सोमबार) सो मुज्ञाको फैसला आउने छ।

महरा गएको असोज १९ गते सरकारी निवास बालुवाटारबाटै पक्राउ परेका थिए। बलात्कार पीडित भनिएकी युवतीको भिडियो अन्तर्वार्ता सार्वजनिक भएपछि उनले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *