आरआर क्याम्पसमा अखिल र नेविसंघबीच झडप (भिडियोसहित)
काठमाडौं। राजधानीको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा अखिल र नेविसंघबीच झडप भएको छ। सामान्य विवादमा भनाभन हुँदा दुवै पक्षका विद्यार्थी आक्रमणमा उत्रिएका थिए।
विवाद बढ्दै गएपछि प्रहरीले हस्तक्षेप गरेर केही विद्यार्थी नियन्त्रणमा लिएको छ। अहिले आरआर क्याम्पस आसपासमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। नेविसंघ नेता अशोकसिंह बिष्टले आफूहरुले आरआरमा राजनीतिक गर्न खोज्यो भनेर अखिलले आक्राणम गरेको आरोप लगाए।
प्रहरीले नेविसंघका पुष्कर बाँस्तोला र रामजी बस्नेतसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। अहिले क्याम्पसभित्रबाट आक्रोशित विद्यार्थीहरुले ढुंगा प्रहार गरिरहेका छन्। क्याम्पस परिसर अहिले तनावग्रस्त रहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment